जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ : अर्याल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरू कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतामा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै अर्यालले विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा उत्पीडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरूको ध्यान जान जरुरी रहेको बताएकी हुन् । उनले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहको बताइन् ।
उनले भनिन्, ‘कार्यकर्ता पाल्ने प्रवृत्तिबाट हामी माथि उठौँ । राज्यलाई सम्बोधन गरौँ । देशका जनता र पीडाहरूलाई सम्बोधन गरौँ । शान्ति प्रक्रिया हामीले अहिलेसम्म टुङ्गो लगाउन सकेका छैनौँ । आन्दोलन र जनयुद्धका घाइते तथा उत्पीडनमा परेकाहरूलाई कतिको हामीले सम्बोधन गर्यौँ । सरकारले यसको लिस्ट लिएर आएर हामीले यति काम गर्यौँ भनेर कहिले सुनाएको छ । चल्ते चलाते सरकार बनाएको छ फेरि अर्कोले सरकार बनाएको छ । हामी बिग्रियौँ । यस्तै हो भने एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ । म सबैलाई सचेत हुन अनुरोध गर्न चाहन्छु । हामीले धेरै व्यवस्था परिवर्तन गरेर संघीयता ल्यायौँ अब संघीयतामा पनि सवाल उठाउने कुराहरू आइरहेका छन् । के हामी साँच्चिकै संघीयता कार्यान्वयन राम्रोसँग गरिराखेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ
-
खोटाङमा डढेलो गाउँ पस्यो, एक विद्यालयसहित सात घर जलेर नष्ट
-
युवा पलायन रोक्ने कार्यक्रममा सघाउन यूएनडीपीसँग मुख्यमन्त्री पाण्डेको आग्रह
-
मुख्यमन्त्री लामाद्वारा मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन पेस गर्न निर्देशन
-
गाैतमबुद्ध विमानस्थलमा साढे ७ किलो गाँजासहित एक भारतीय महिला पक्राउ
-
सहकारीसम्बन्धी विधेयकमा विपक्षीले मागे मत विभाजन