नागरिक उड्डयनका महानिर्देशकद्वारा हेलिकोप्टरलाई अस्पताल जान 'अवरोध'
काठामाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिरामी बोकेको हेलिकोप्टरलाई अस्पताल जान अवरोध गरेको आरोप लागेको छ ।
शनिबार बेलुकी माउन्टेन एयरको नाइन एनए केबी कल साइन भएको हेलिकप्टर बिरामी लिएर काठमाडौँ आउँदै गर्दा हेलिकोप्टरलाई विमानस्थलमा अवतरण गर्न मिल्ने तर त्यसबाहेक अन्यत्र अवतरण गर्न नमिल्ने भन्दै अवतरणमा अवरोध भएको थियो।
बिरामीको अवस्था धेरै बिग्रिएपछि उक्त हेलिकोप्टरका पाइलटले डाइरेक्ट टू मेडिसिटी भन्दै अनुमति मागेका थिए । त्यसबखत ड्युटीमा रहेका एटीसीले बिरामीको ज्यान बचाउन अस्पताल लैजान अनुमति दिए पनि महानिर्देशकले एटीसीलाई जहाज सुरक्षाको जिम्मा कसले लिन्छ भन्दै प्रश्न गरेका थिए । तर ड्युटी अधिकारीले भने मौसम सफा भएकाले १० मिनेटको समय दिनसक्ने प्रावधानअनुसार नै बिरामीको ज्यान जोगाउन अनुमति दिएको जनाएका छन् ।
तर, महानिर्देशक अधिकारीले अनुमति नदिए पनि हेलिकोप्टर मेडिसिटी बिरामी छोडेर विमानस्थलमा अवतरण गर्यो । अवतरणलगत्तै अधिकारीले फ्लाइट अप्रेसन डाइरेक्टरलाई स्पष्टीकरण सोध्न मातहतलाई निर्देशन दिएका थिए ।
एटीसी सिफ्ट इन्चार्जलाई रोस्टरमा बसेर काम नगर्नू भन्ने निर्देशन जारी गरेका छन् भने पाइलटलाई ग्राउन्डेड गरेका छन् ।
हवाई सुरक्षाको जिम्मा एयरलाइन्सको भएको कानुनबारे अनविज्ञ अधिकारीले बिरामीको बाँच्न पाउने अधिकारसमेत कुण्ठित हुने गरी पटक-पटक यस्ता क्रियाकलाप गर्दै आएको प्राधिकरणका कर्मचारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री लामाद्वारा मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन पेस गर्न निर्देशन
-
गाैतमबुद्ध विमानस्थलमा साढे ७ किलो गाँजासहित एक भारतीय महिला पक्राउ
-
सहकारीसम्बन्धी विधेयकमा विपक्षीले मागे मत विभाजन
-
आईजीपीमा थापा : पहिले सहमति, अनि मात्र मन्त्रिपरिषद्मा एजेण्डा
-
पाठ्यक्रममा एआई राख्ने त्रिवि, स्ववियु निर्वाचन भने परम्परागत शैलीबाट गराउँदै
-
चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका