मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

नवलपरासीको सूर्यभक्त–पतनादेवी मेमोरियल कलेजमा नेविसंघको प्यानल नै निर्विरोध निर्वाचित

सोमबार, ०४ चैत २०८१, १५ : २५
सोमबार, ०४ चैत २०८१

नवलपरासी । नवलपरासीको सूर्यभक्त–पतनादेवी मेमोरियल कलेजको स्ववियुमा नेविसंघको पुरै प्यानल निर्विरोध निर्वाचित भएको छ ।

 नेविसंघको तर्फबाट एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको हो । स्ववियु अध्यक्षमा नेविसंघका श्यामकुमार बाचे निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै अन्य पदमा समेत नेविसंघकै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् । सचिवमा रवि साखी, कोषाध्यक्षमा इस्काइरा सापकोटा, सदस्यहरूमा चन्द्रिका नेपाली, खगीसरा सारु र सुनिता गन्द्रमा निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वाचन समितिले आज बिहान उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको थियो । उक्त नामावलीमा नेविसंघको तर्फबाट एकल उम्मेदवारी परेको हो । 

अन्य संगठनबाट उम्मेदवारी नपरेपछि नेविसंघका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । तर, निर्वाचन समितिले भने आधिकारिक घोषणा गरिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?