त्रिचन्द्र क्याम्पसको मूल गेटमै दुई उम्मेदवारको तालाबन्दी

काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसको मूल गेटमै ताला लगाइएको छ । नेपाल विद्यार्थी संघबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानियाले क्याम्पसको मूल गेटमै ताला लगाएका हुन् ।
नेविसंघले त्रिचन्द्रबाट गोविन्द कोइराला समूहलाई आधिकारिक उम्मेदवार मानेको हो । कोइराला आधिकारिक भएपछि श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उम्मेदवारीपछि दुई उम्मेदवारहरूले विभिन्न माग राखेर निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । तर, अहिले कलेजको मूल गेटमै ताला लगाएका हुन् ।
उनीहरूले मुल गेटमा नै जायज माग पुरा नभएसम्म क्याम्पस प्रमुख र निर्वाचन समितिका पदाधिकारीहरूलाई क्याम्पस प्रवेश निषेध गरिएको सूचना टाँस गरेका छन् ।
उनीहरू दुवै जनाले आफ्ना मागहरू बेवास्ता गरेर मनोमानी ढङ्गबाट अगाडि बढेको क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग गरेको उनीहरूको भनाइ छ ।
उनीहरूले निर्वाचनका निम्ति तोकिएको निर्वाचन समितिको बैठकमा सम्पूर्ण संघ संगठन तथा उम्मेदवारहरूसँग छलफल गरी गोला प्रथा गराउनुपर्नेमा स्ववियु निर्देशिका विपरीत केहीलाई सहज हुने गरी एकलौटी ढङ्गबाट निर्णय गरेको उनीहरूको आरोप छ । निर्वाचन समितिले त्रिवि निर्देशिका पालना नगरेकोले तत्काल राजीनामा दिनुपर्ने उनीहरूको माग छ ।
त्यस्तै नेविसंघका बागी उम्मेदवार श्रेष्ठले भने संगठनको आधिकारिता दिने सन्दर्भमा निर्वाचन समिति एकलौटी भएको आरोप लगाएका छन् । एकलौटी निर्णय गरी सरोकारवाला पक्षलाई पेलेर निर्णय गरेकोप्रति आफ्नो आपत्ति भएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने