पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ ः सिटौला

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताएका छन् । नत्र, उनले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु उचित हुने सिटौलाको भनाइ छ ।
राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सिटौलाले पूर्वराजामा सम्मान ग्रहण गर्दिनँ भन्ने आँट भए मात्रै राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सुहाउने बताए ।
सिटौलाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले हामीले दिएकै सम्मान ग्रहण गर्नु उचित हुन्छ, होइन भने उहाँ (पूर्वराजा)ले म राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । नीति कार्यक्रम यो यो हो भनेर दलहरूजस्तै प्रस्तुत हुन सक्नुपर्छ ।’
सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काएको भन्दै दलहरूमा दृढता नदेखिएको बताए ।
‘राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भएको छ । त्यसमा परिवर्तनकारी राजनीतिक दलको जुन किसिमको दृढता हुनुपर्ने हो, त्यो देखिरहेको छैन,’ सिटौलाले भने । उनले परिवर्तन पक्षधरहरू एक भएर अगाडि बढ्नुपर्ने बताए ।
उनले नयाँ संविधान जारी भएको लामो समयपछि पूर्वराजाले गाडीमा ताली खाँदै हिँड्नु शोभयनीय नभएको बताए । ‘म आफैँ प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग लामै संवाद गरेको, करिब एक घण्टा, उहाँलाई बडो सम्मानका साथ निवासको प्रबन्ध गरेर पठायौँ । सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो, अहिले गाडीमा उभिएर ताली खाँदै र ताली दिँदै हिँड्नु शोभनीय विषय भएन ’ सिटौलाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे