सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल भएको छैन : श्याम घिमिरे

सोमबार, ०४ चैत २०८१, १४ : ४१
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् । सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले मुलुकको स्थायित्वका लागि नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका हुन् ।

उनले नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्न आग्रह समेत गरे । घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रूपमा आउने सम्भावना समाप्त भएको उल्लेख गरे ।  उनले भूमिसम्बन्धी अध्यादेशलाई परिमार्जित गरेर सबैलाई स्वीकार हुने गरी कानुनकै रूपमा अगाडि बढाउने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?