लो स्कोरिङ खेलमा लुम्बिनीसामु टिकेन मधेस

लमही । पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सोमबार लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ८३ रनले हराएको छ । जितका लागि १ सय ५९ रनको लक्ष्य पाएको मधेसले २६.५ ओभरमा सबै विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । त्यस्तै, हरिशंकर साहले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । मधेसलाई सस्तोमा समेट्न रमेश कुर्मी र ब्रिपासन केसीले घातक बलिङ गरे । कुर्मीले १० ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । केसीले ५ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । देव खनाल र अजय चौहानले १–१ विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको लुम्बिनीले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । टोलीका लागि आकाश त्रिपाठीले अर्धशतक बनाए । उनले १२३ बलको सामना गर्दै ७३ रन जोडे । यस क्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे ।
कृष्ण कार्कीले ५३ बलमा ३३ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । कप्तान देव खनालले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रतियोगितामा लुम्बिनीको चौथो जित हो । टोलीले एक मात्र खेल नेपाल पुलिस क्लबसँग हारेको छ । उता मधेस प्रदेशले ४ खेलमा मात्र १ खेल जित्न सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार कुन राशिका लागि शुभ ?
-
एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु