अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट

वासिङ्टन डीसी । अमेरिकाले एल साल्भाडोरमा रहेको जेलमा २ सय भन्दा बढी मानिसलाई डिपोर्ट गरेको छ । अदालतले रोक लगाएको भए पनि युद्धको समयको शक्तिलाई पुनः ब्युँताउँदै ट्रम्प प्रशासनले आइतबार सुपर म्याक्स जेलतर्फ भेनेजुएलाको एउटा समूहका ३८३ जना मेम्बरलाई डिपोर्ट गरेको हो ।
यसरी डिपोर्ट गरिएकोमा एमएस–१३ नाम गरेको अन्तर्राष्ट्रिय ग्याङका २३ जना सदस्यहरू पनि भएको बताइएको छ । अमेरिकी सरकार र एल साल्भाडोर कसैले पनि यिनीहरूको पहिचान खुलाएको छैन । न त उनीहरू संलग्न अपराध र ग्याङको सदस्यताबारे नै केही जानकारी दिइएको छ ।
ह्वाइटहाउस र अदालतबिच पछिल्लो समय टकराव भइरहँदा एक जना सङ्घीय न्यायाधीशले शनिवार साँझ शताब्दीऔँ पुरानो विदेशी शत्रु ऐनलाई प्रयोग गर्न सक्ने प्रशासनको क्षमतामा रोक लगाएका थिए । त्यस्ता आप्रवासी बोकेर गएको विमानलाई अमेरिका फर्काउन मौखिक आदेश पनि दिइएको थियो ।
‘उप्स.... अब त ढिला भइसक्यो,’ सुनवाइप्रति इंगित गर्दै एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलीले सामाजिक सञ्जालमा भनेका थिए । यो पोस्टमा अट्याच गरिएको भिडियोमा हात खुट्टामा सिक्री र साङ्लो बाँधेर लाइनमा मानिसहरू उभिरहेका छन् । यिनीहरूलाई विमानबाट सशस्त्र अधिकारीहरूले इस्कोर्ट गरेर लगिरहेको देखिएको छ ।
अदालतको सुनवाइको उल्लङ्घन गरेको कुराको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले अस्वीकार गरेकी छिन् । अदालतको आदेशको पालना गर्न प्रशासनले अस्वीकार नगरेको उनको भनाइ थियो ।
न्यायाधीशको अस्थायी रोकको फैसला १४ दिनसम्म रहनेछ । न्यायाधीशको फैसला मिचेको हो भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोध्दा यसबारे वकिलहरूलाई सोध भन्ने जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी
-
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
इयुको अदालतमा उपप्रमुख डङ्गोल
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?