ओली र देउवासँग प्रचण्डको प्रस्ताव– गणतन्त्र पक्षधर मिलौँ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा प्रचण्डले मिलेर अघि बढ्नेबारे प्रस्ताव गरेका हुन् ।
गणतन्त्रविरुद्ध राजावादी शक्तिहरूले षड्यन्त्र गरिरहेकाले त्यसलाई असफल बनाउन ओली र देउवासँग विभिन्न ढंगले संवाद अगाडि बढाइएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए । तर तीन नेताबिच प्रत्यक्ष भेटघाट भने नभएको उनले स्पष्ट पारे ।
‘प्रतिगामीहरू सलबलाएका कारण व्यवस्थामाथि नै खतरा उत्पन्न भएकाले गणतन्त्रका पक्षधर एक हुनुपर्ने कुरा गर्नुभएको हो । सरकारमा जाने वा अन्य विषयमा कुनै कुरा भएकै छैन । माओवादी सरकारमा जाने हल्ला निराधार हो’, आचार्यले सोमबार रातोपाटीसँग भने ।
आचार्यले केही दिनअघि प्रधानमन्त्री ओलीका विज्ञ सल्लाकार अग्नि खरेल प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गर्न आएको समेत स्वीकार गरे ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र फागुन २५ गते स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरूको सहभागिताबारे माओवादीले गम्भीर समीक्षा गरेको छ ।
यसअघि नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका थिए ।
आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका थिए ।
यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको उनले दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा मध्यराती अनेरास्ववियुको तालाबन्दी
-
मानव अधिकार आयोगले स्ववियू निर्वाचनको अनुगमन गर्ने
-
प्रधानमन्त्री मोदीको टिप्पणीपछि चीनले भन्यो– ‘ड्र्यागन–हात्ती नृत्य’
-
राहुघाट जलविद्युत् आयोजनामा स्थानीयले गरे तालाबन्दी
-
सुर्नया गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबिच सम्झौता
-
हलेसीका अग्नीपीडितलाई पहिलो चरणमा रु २२ लाख राहत सहयोग