सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुस मसान्तसम्ममा नागरिक लगानी कोषद्वारा दुई खर्ब भन्दा बढी लगानी

सोमबार, ०४ चैत २०८१, १३ : ३९
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई खर्व भन्दा बढी लगानी गरेको छ । 

कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनाहरूमा २ खर्व ६४ अर्ब ७८ करोड लगानी गरेको जानकारी दिए । 

सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको उनले बताए । उनले आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुराउनका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । 

कोषको लगानीलाई उचित व्यवस्थापनका लागि सबै निकायसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ । 

कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले कोषलाई सेवाप्रतिको जबाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने धारणा राखे । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको लगानी रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरूमा केन्द्रित गर्नुपर्ने धारणा राखे । 

विक्रम सम्वत २०४७ मा स्थापना भएको नागरिक लगानी कोषको करोडको चुक्ता पुँजी अहिले ६ अर्ब ४८ पुगेको छ । कार्यक्रमका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?