बाह्रखरी कर्पोरेट गल्फको प्रमुख प्रायोजक ‘एनसेल फर बिजनेस’
सोमबार, ०४ चैत २०८१, १३ : २२
-1742186618_NOj6bDOzuk.jpg)
काठमाडौं । बाह्रखरी कर्पोरेट गल्फको प्रमुख प्रायोजक यो पटक पनि ‘एनसेल फर बिजनेस’ रहने भएको छ ।
बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनबीच सोमबार बिहान एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
एनसेल कर्पोरेट कार्यालयमा भएको हस्ताक्षर समारोहमा बाह्रखरी मिडिया र एनसेलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । एनसेल विगत ६ वर्षदेखि बाह्रखरी मिडियाले आयोजना गर्दै आइरहेको गल्फ प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ रहँदै आएको छ ।
एनसेलको साथपछि बाह्रखरी मिडियाले आयोजना गर्ने उक्त कार्यक्रमको नाम ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ रहने भएको छ ।
कार्यक्रम चैत २३ अर्थात् अप्रिल ५ का दिनमा काठमाडौंको गोकर्णमा हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता