सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय

श्रीमानसँग अलग्गिँदैछिन् ‘स्वीट होम’ की अभिनेत्री ली सि योङ

सोमबार, ०४ चैत २०८१, १३ : १९
सोमबार, ०४ चैत २०८१

सोल । दक्षिण कोरियाली अभिनेत्री ली सि योङले आठ वर्षको वैवाहिक जीवन अन्त्य गर्न लागेकी छिन् । कोरियाले सञ्चार माध्यम वाईटीएनका अनुसार स्वीट होम के–ड्रामा स्टार र उनका श्रीमान् जो रेस्टुराँका मालिक हुन् । यस वर्षको सुरुमा दुवैले सियोल पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको प्रक्रियाका लागि कागजातहरू बुझाएका थिए । 

खबरका अनुसार सम्बन्ध विच्छेदका मुख्य सर्तहरूमा दुबैबिच सहमति भएको विश्वास गरिएको छ । सम्बन्ध विच्छेद प्रक्रियाले अन्तिम रूप लिइरहेको बताइएको छ । ४२ वर्षीया अभिनेत्रीले २०१७ मा जोसँग विवाह गरेकी थिइन् । बिहे गरे लगत्तैको वर्षमा जोडीको छोरा जन्मिएको थियो । योङ र जोबिच ९ वर्षको उमेर भिन्नता छ । 

अभिनेत्री हालै स्वीट होम सिजन २ र ३ मा देखिएकी थिइन् । यी दुवै सिरिज २०२४ मा रलिज भएका थिए । २००८ मा डेब्यू गरेपछि योङले केबीएस– २ को क्लासिक ड्रामा ‘ब्वाईज ओभर फ्लावर्स’ र ‘वी गट म्यारिड’ बाट प्रसिद्धि कमाएकी थिइन् । २०२३ मा उनी ‘जोम्बीभर्स’ मा पनि देखा परिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?