सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाइट क्लबमा आगलागीपछि उत्तरी म्यासेडोनियामा १५ जना पक्राउ

सोमबार, ०४ चैत २०८१, १३ : १४
सोमबार, ०४ चैत २०८१

म्यासेडोनिया । उत्तरी म्यासेडोनियामा एउटा नाइक्बलमा आगलागीको घटनामा प्रहरीहरूले १५ जनालाई पक्राउ गरेका छन् । आइतबार बिहान स्थानीय समयअनुसार २ः ३० बजे कोकानीमा रहेको पल्स क्लबमा आगलागी भएको थियो । चर्चित स्थानीय हिपहिप ब्यान्ड डीएनकेको कन्सर्टका लागि क्लबमा ५ सय जना जम्मा भएको समयमा उक्त आगलागी भएको हो । यस घटनामा ब्यान्डका एक जना मात्रै जीवित भएको बताइएको छ । 

उनको अस्पतालमा उपचार भइरहेको छ । ५९ जनाको मृत्यु भएको सो घटनामा १५५ जना घाइते भएका थिए । पक्राउ पर्नेहरूसँग प्रहरीले पुछताज गरिरहेको आन्तरिक मामिला मन्त्री पेन्स तोस्कोभ्स्कीले भनेका छन् । आगलागी घुस र भ्रष्टाचारसँग जोडिएको हुन सक्ने आशङ्का रहेको उनले बताएका छन् । नाइट क्लबसँग क्लब चलाउने वैधानिक लाइसेन्स नभएको उनले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?