सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्रो काउलीमा विषादी फेला

सोमबार, ०४ चैत २०८१, १३ : ०९
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । ब्रो काउलीमा विषादी फेला परेको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको सो काउलीमा ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

सोमबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?