सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत्र ७ गतदेखि

सोमबार, ०४ चैत २०८१, १२ : ५८
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । नेपाल व्यायाम मन्दिरको आयोजनामा चैत्र ७ गतदेखि काठमाडौँमा १७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । 

नेपाल व्यायाम मन्दिरले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै १७ औँ धर्मश्री तथा पूर्व मेयर पीएल सिंह शारीरिक सुगठन प्रतियोगिता चैत ७ देखि ९ गतेसम्म हुने जानकारी दिएको हो । 

प्रतियोगिता अन्तर्गत चैत ७ गते वेइङ, चैत ८ र ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । पुरुष बडिबिल्डिङको रूपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुने उनले बताए । 

धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र पुरुष एथ्लेटिक्स फिजिक अन्डर, महिला बडिबिल्डिङ र ५० वर्षभन्दा माथिका खुल्ला मास्टर विधामा प्रतिस्पर्धा हुने अध्यक्ष प्रधानले जानकारी दिए । धर्मश्री विजेताले १२ लाख दोस्रो हुनेले ६ लाख तथा तेस्रोले ३ लाख पाउने वरिष्ठ उपाध्यक्ष अजय बज्राचार्यले  जानकारी दिए ।

ba09d4b5-3d55-4c08-94ed-71badecd57e5

त्यस्तै पुरुष फिजिक ओभर र अन्डर तथा महिला बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख र तेस्रोले ७० हजार पाउने बज्राचार्यले बताए । ५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको कुल अनुमानित लागत रु १ करोड रहेको नेपाल व्यायाम मन्दिरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?