सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्रेकअपको हल्लाबिच तमन्नाले विजयको कोट लगाएपछि...

सोमबार, ०४ चैत २०८१, १२ : ५८
सोमबार, ०४ चैत २०८१

नयाँ दिल्ली । बलिउड कपल तमन्ना भाटिया र विजय वर्मा विगत केही दिनदेखि आफ्नो ब्रेकअपका कारण चर्चामा छन् । दुवै जना दुई वर्षभन्दा बढी समयदेखि एक अर्कालाई डेट गरिरहेका थिए । यी दुई जना अब अलग भइसकेको भन्दै हालै एउटा समाचार छापिएको थियो । ब्रेकअपको अफवाहबारे तमन्ना र विजयले कुनै प्रतिक्रिया दिएका छैनन् । यसैबिच, तमन्नाको पहिरनले नेटिजनहरूलाई विजयको याद दिलाइदियो । 

तमन्ना भाटिया आइतबार राति राशा थडानीको जन्मदिनको पार्टीमा सहभागी भएकी थिइन् । यस क्रममा उनले कालो र सेतो धर्के कोट र कालो वन–पीस लगाएकी थिइन् । यो कोटमा अभिनेत्रीलाई देखेर नेटिजनहरूलाई विजयको याद आयो । केही समयअघि विजयले पनि ठ्याक्कै यस्तै कोट लगाएका थिए । विजयको कोट जस्तै कोटमा अभिनेत्रीलाई देखेपछि अभिनेत्रीको फोटोमा निटिजन्सहरूले अनेक टिप्पणी गरेका छन् । धेरैले तमन्नाले विजयको कोट लगाएकी भनिरहेका छन् । 

तमन्नाले लगाएको कोट २०२३ को नोभेम्बरमा जियो वल्र्ड प्लाजाको उद्घाटनमा विजयले लगाएको कोटसँग ठ्याक्कै मिल्छ । ब्रेकअपको हल्ला चलिरहेको बेला तमन्नाले सामाजिक सञ्जालमा हालेका विजयसँगका आफ्नो तस्बिर डिलिट गरेकी छैनन् । हालै, विजय र तमन्नाले बलिउड अभिनेत्री रवीना टन्डनको घरमा होली खेलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?