सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह विधेयकमा दफावार छलफल सुरु
२३ एकल र २ संयुक्त संशोधन प्रस्ताव
सोमबार, ०४ चैत २०८१, १२ : ३३

काठमाडौँ । ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि २३ एकल र २ संयुक्त संशोधन प्रस्ताव परेका छन् । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठकमा त्यति संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिए ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले विधेयकमाथि दफावार छलफल होस भन्ने प्रस्ताव पेस गरे । त्यो प्रस्ताव पेस भएपछि सभामुख घिमिरेले परेका संशोधन प्रस्तावबारे जानकारी गराएका हुन् । अहिले विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचनमा महेन्द्र मोरङ : झडप र झैझगडाका शृङ्खला सुरु
-
एसइईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
-
शैक्षिक सत्र सुरु नभई भर्ना खुलाए काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने
-
बिदा हुँदै महानिरीक्षक कुँवरले भने - राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास छ
-
ऊर्जा मन्त्री खड्काले टिओडी मिटरको बिल जाँच गर्न बनाएको समितिको कानुनी आधार नै देखिएन : सर्वोच्च
-
पूर्वराजा ज्ञानेन्द्रलक्षित प्रधानमन्त्री ओलीको कविता– खोजी भइरहेछ भाइमाराको !