ललितपुर र सुनसरीमा लाखौँको चोरी
सोमबार, ०४ चैत २०८१, १२ : १६

काठमाडौँ । ललितपुर र सुनसरी जिल्लामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
ललितपुर महानगरपालिका-२९ हरिसिद्धि बस्ने राज कुमार तिमिल्सिनाको घरबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न धनमाल आइतबार दिउँसो चोरी भएको हो ।
उता, सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहा देवीथान चोक बस्ने ५० वर्षीय डाक बहादुर पौडेलको घरबाट सुनका विभिन्न गरगहना तथा नगद २ लाख ६० हजार रुपैयाँ समेत गरी करिब २८ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड