च्याम्पियन्स ट्रफी आयोजना गर्दा भएको घाटा पूर्ति गर्न खेलाडीको ‘म्याच फि’ मा कटौती

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण भारतलाई उपाधि चुमाउँदै हालै सकिएको छ । पाकिस्तान प्रतियोगिताको मुख्य आयोजक बनेको थियो । तर, भारतले सुरक्षाका कारण देखाउँदै पाकिस्तानमा खेल्न मानेन । त्यसपछि भारतको सबै खेल संयुक्त अरब इमिरेट्समा खेलाइएको थियो । यसको अर्थ, दर्शक बढी तानिने खेलहरु दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलाइएको थियो । त्यसमाथि पाकिस्तानी टोली समूहगत चरणबाटै बाहिरिएको थियो ।
पाकिस्तानले सन् २०२१ मा यो प्रतियोगिता आयोजनाको अधिकार पाएको थियो प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न पाकिस्तानले एक सय मिलियन डलरभन्दा बढी रकम खर्च गरेको थियो । तर, दर्शकको अनुपस्थितिका कारण यो प्रतियोगिता पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का लागि घाटाको व्यापार बन्न पुग्यो ।
च्याम्पियन्स ट्रफीको फाइनलसमेत यूएईमै खेलाउनु परेको थियो । सबैभन्दा बढी दर्शक ओइरिने भारत–पाकिस्तान खेल पनि यूएईमै खेलाइएको थियो । यसदेखि वाहेक पाकिस्तानमा खेलाइएको १० मध्ये तीन खेल वर्षाका कारण रद्द भएको थियो । घरेलु टोली समूहगत चरणबाटै बाहिरिनु, भारत–पाकिस्तान भिडन्त अन्यत्र हुनु, फाइनलसहित दर्शकको उच्च उपस्थिति रहने खेलहरु यूएईमा खेलाइनुजस्ता कारणले यो प्रतियोगिता पीसीबीका लागि अनुत्पादक सावित भएको दाबी समाचारमा गरिएको छ ।
दि टेलिग्राफका अनुसार, पीसीबीले च्याम्पियन्स ट्रफीलाई ध्यानमा राखी रावलपिण्डी, कराँची र लाहोरस्थित स्टेडियमको पुनरनिर्माणमा ५० मिलियन डलरभन्दा बढी रकम खर्च गरेको थियो । बाँकी रकम प्रतियोगिताको अन्य तयारीमा खर्च भएको थियो ।
तर, यो प्रतियोगिताबाट करिब आधा रकममात्र मुनाफा भएको छ । घाटा भएको रकम पुरा गर्न पीसीबीले घरेलु टी–२० प्रतियोगिता खेल्ने खेलाडीहरुको म्याच फि (खेल शुल्क) मा कटौती गर्ने निर्णय लिएको दाबी समाचारमा गरिएको छ । खेलाडीहरुको ९० प्रतिशतसम्म म्याच फि कटौती गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा हुँदै महानिरीक्षक कुँवरले भने - राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास छ
-
ऊर्जा मन्त्री खड्काले टिओडी मिटरको बिल जाँच गर्न बनाएको समितिको कानुनी आधार नै देखिएन : सर्वोच्च
-
पूर्वराजा ज्ञानेन्द्रलक्षित प्रधानमन्त्री ओलीको कविता– खोजी भइरहेछ भाइमाराको !
-
स्थायी शिक्षक छाडेर प्रहरी प्रवेश गरेका आईजीपी
-
सशस्त्र प्रहरी महानिरीक्षक कप २०८१ सुरु
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त