डा.मिश्रालाई सचिव बढुवा नगरिएको भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले सचिवकी प्रतिस्पर्धी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रालाई सचिव बढुवा नगर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको हो ।
फागुन ११ गते स्वास्थ्य सचिव डा.रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि फागुन २१ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका अतिरिक्त सचिव डा.विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो । तर, स्वास्थ्य सचिवकी प्रतिस्पर्धी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले मन्त्रिपरिषद् बैठकको सचिव बढुवा गर्ने निर्णयमाथि प्रश्न उठाउँदै चैत १ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
अरू प्रतिस्पर्धीभन्दा सिनियर भएर पनि आफू मधेसी महिला भएकै कारण सचिव बढुवामा नपरेको आरोप उनले लगाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
-
एमालेको निष्कर्ष : मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन सक्दैन
-
‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ?
-
मत विभाजनबाट बहुमतले पारित भयो सुशासनसम्बन्धी विधेयक
-
चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय
-
प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन