संसद्मा उठ्यो बाजुरामा जिउँदै गाई बगाएको घटना
सोमबार, ०४ चैत २०८१, ११ : ३३

काठमाडौँ । प्रतिनिधिसभामा बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे कुरा उठेको छ । कांग्रेस सांसद सीताकुमारी रानाले जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरेकी छन् ।
‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यतासम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु,’ सांसद रानाले भनिन् ।
बाजुरा जगनाथ गाउँपालिकामा ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरिएको थियो ।
त्यो भिडियोमा एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेटिएको देखिन्छ । बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेमा यस्तो घटना घटाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको निष्कर्ष : मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन सक्दैन
-
‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ?
-
मत विभाजनबाट बहुमतले पारित भयो सुशासनसम्बन्धी विधेयक
-
चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय
-
प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन
-
कस्तो छ अन्तर्राष्ट्रिय स्पेस स्टेसन ?