नागरिक लगानी कोषको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
सोमवार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताएका हुन् ।
अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण,रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताए । उनले कोषहरुको करिव ५२ प्रतिशत भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताए ।
अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हलेसीका अग्नीपीडितलाई पहिलो चरणमा रु २२ लाख राहत सहयोग
-
समाजसेवी उप्रेतीले उपलब्ध गराए सैलुङको भीमसेन तरबार शिलाका लागि ५२ किलोको घण्टी
-
पाथिभरा मन्दिर जाने ‘सिजन’ सुरु
-
शिक्षकहरुका लागि निवृत्तिभरण कोष वैशाखबाट मात्र लागू हुने
-
१० बजे १० समाचार : दीपक थापा प्रहरी महानिरीक्षकमा नियुक्त, पूर्वपन्च सुवेदीको संयोजकत्वमा 'तेस्रो जनआन्दोलन' घोषणा
-
इराक पुर्याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ