प्रतिनिधिसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
सोमबार, ०४ चैत २०८१, ११ : २९

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा पेस गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजै प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी, आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ र उक्त विधेयकलाई पारित गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव पेस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय
-
प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन
-
कस्तो छ अन्तर्राष्ट्रिय स्पेस स्टेसन ?
-
अनुगमनमा निस्किएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार
-
एसईईलाई मर्यादित बनाउन मन्त्री भट्टराईको निर्देशन
-
चैत १५ को विरोध प्रदर्शनका लागि मोर्चा आबद्ध दलहरूको के–के छ तयारी ?