रुस–युक्रेन युद्धविरामका लागि मंगलबार कुरा गर्दैछन् पुटिन–ट्रम्प

वासिङ्टन डीसी । रुस र युक्रेनबिच चलिरहेको युद्ध रोक्न मङ्गलवारको दिन महत्त्वपूर्ण दिन हुन सक्छ । मार्च १८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच महत्त्वपूर्ण कुराकानी हुनेछ । यस क्रममा युक्रेनमा युद्धको सम्भावित अन्त्यबारे वार्ता हुनसक्ने भनिएको छ ।
यसैबिच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एन्ड्री ह्नाटोभलाई युक्रेनी सशस्त्र बलको नयाँ प्रमुख जनरल स्टाफ नियुक्त गरेका छन् । युक्रेनले कुर्स्क क्षेत्रमा रुसको पकड र डोनेट्स्कमा बढ्दो दबाबको सामना गर्न आफ्नो सेनालाई पुनर्गठन र बलियो बनाउने प्रयास गरिरहेको समयमा यो कदम चालिएको हो ।
आइतबार साँझ एयर फोर्स वनमार्फत फ्लोरिडाबाट वासिङ्टन जाँदै गर्दा ट्रम्पले पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । ‘हामी हेर्ने छौँ कि मंगलबारसम्ममा घोषणा गर्न केही छ कि छैन, म मङ्गलवार राष्ट्रपति पुटिनसँग कुरा गर्नेछु’ ट्रम्पले भने । गत हप्तामा धेरै काम भएको अनि आफूहरूले यो युद्ध अन्त्य गर्न सक्छौँ कि सक्दैनौँ भनेर हेर्न चाहने पनि उनले बताए ।
रुसले लगभग तीन वर्षअघि युक्रेनमा आक्रमण गरेको थियो । युद्ध अन्त्य गर्न वार्ताको एक हिस्सा भूमि र बिजुली उत्पादन केन्द्रहरू भएको उनले बताए । ‘हामी जमिनको बारेमा कुरा गर्नेछौँ । हामी बिजुली उत्पादन केन्द्रबारे कुरा गर्नेछौँ’ उनले भने । ट्रम्पले यसलाई केही सम्पत्तिको विभाजन जस्तो भनेका छन् ।
किन अहम् छ ट्रम्प–पुटिन वार्ता ?
ट्रम्प र पुटिनबिचको वार्ता महत्त्वपूर्ण छ । शनिवार राति रुस र युक्रेनले एक अर्कामाथि ठुलो हवाई हमला गरेका थिए । दुवै देशले आ–आफ्नो क्षेत्रमा सयभन्दा बढी शत्रुका ड्रोन देखेको बताएका छन् ।
युक्रेनसँगको युद्धमा ३० दिनको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग भेट गरेको २४ घण्टा नबित्दै यो आक्रमण भएको थियो । सिद्धान्ततः आफूले युद्ध विरामको समर्थन गरेको तर सहमति जनाउनुअघि स्पष्ट पार्नुपर्ने केही मुद्दाहरू भएको पुटिनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत विभाजनबाट बहुमतले पारित भयो सुशासनसम्बन्धी विधेयक
-
चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय
-
प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन
-
कस्तो छ अन्तर्राष्ट्रिय स्पेस स्टेसन ?
-
अनुगमनमा निस्किएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार
-
एसईईलाई मर्यादित बनाउन मन्त्री भट्टराईको निर्देशन