प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार, ०४ चैत २०८१, ०७ : ४९

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका साथै पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक १०८१ माथिको दफावार छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसअघि आइतबार सरकारले ल्याएका विभिन्न ५ वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट
-
ओली र देउवासँग प्रचण्डको प्रस्ताव– गणतन्त्र पक्षधर मिलौँ
-
घाँटी हेरेर मात्र हाड निल्नुपर्छ : गभर्नर अधिकारी
-
प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण
-
पाकिस्तानी लिग छाडेर आईपीएल खेल्ने दक्षिण अफ्रिकी खेलाडीलाई पीसीबीको कानुनी नोटिस
-
नमोबुद्ध–तेमाल सडक खण्डको काम आठ महिनादेखि अलपत्र