सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय

रोकिएको हो क्रिष ४ ?

सोमबार, ०४ चैत २०८१, ०६ : ५०
सोमबार, ०४ चैत २०८१

मुम्बई । ऋतिक रोशन र राकेश रोशनको फ्रान्चाइजी ‘क्रिष’ भारतीय सिनेमाको सबैभन्दा प्रतीक्षित फिल्म हो। हाल चलचित्रको चौथो भागको बारेमा छलफल भइरहेको छ। 

तर, हालै फिल्मको बजेट ७०० करोड भारतीय रुपैयाँ पुगेकाले प्रदर्शन स्थगित गरिएको खबर आएको थियो । फिल्मको बजेट उच्च भएकाले कुनै पनि स्टुडियो यसमा काम गर्न तयार नभएको यो फिल्मबाट सिद्धार्थ आनन्द र उनको कम्पनी मार्फ्लिक्स पनि अलग भएको खबर थियो ।

तर राकेश रोशनले फिल्मको घोषणा चाँडै गरिने बताएका छन्। रोशन परिवार र फिल्मसँग नजिकको स्रोतका अनुसार बजेटको बारेमा फैलिएका रिपोर्टहरू पूर्णतया गलत छन्। यति मात्र होइन, हालैको एक अन्तर्वार्तामा राकेश रोशनले क्रिष ४ को आधिकारिक अपडेट वर्षको अन्त्यसम्ममा आउने अपेक्षा गरिएको पनि बताएका थिए।

बलिउड हंगामाको एक रिपोर्टले उद्योग स्रोतहरूलाई उद्धृत गर्दै 'क्रिष ४' लाई ठुलो बजेट चाहिन्छ, त्यसैले कुनै पनि स्टुडियोले फिल्ममा लगानी गर्न चाहँदैन भनेर उल्लेख गरेको थियो । रिपोर्टमा ठुलो बजेटसँगै केही जोखिम पनि समावेश रहेका कारण कुनै पनि स्टुडियो ७०० करोड लगानी गर्न तयार भएनन्। 

सुरुमा ऋतिकले आफ्ना नजिकका साथी सिद्धार्थ आनन्दलाई निर्माण साझेदारको जिम्मेवारी दिएका थिए। सिद्धार्थ आनन्द र उनको ब्यानर मार्फ्लिक्स फिल्म्सले निर्देशक करण मल्होत्रासँगै यो परियोजनाबाट अलग्गिएको खबर प्रकाशित थियो। ऋतिक र उनका बुबा राकेश रोशन अब नयाँ स्टुडियो खोजिरहेको दाबी गरिएको थियो ।

क्रिष फ्रान्चाइजी २००३ को फिल्म कोइ मिल गयाबाट सुरु भएको थियो। जसमा प्रीति जिन्टा, ऋतिक रोशन र रेखाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। फिल्मको स्पिन-अफ सिक्वेल क्रिष ३ वर्ष पछि रिलिज भएको थियो। जसमा कृषको परिचय गराइएको थियो। यस फिल्ममा ऋतिकले रोहित र कृष्ण (कृश) को दोहोरो भूमिका निर्वाह गरेका थिए। 

७ वर्षपछि, २०१३ मा, क्रिष फ्रान्चाइजीको तेस्रो फिल्म, क्रिष ३, रिलिज भयो। अब १२ वर्षपछि, कृश-४ को तयारी भइरहेको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?