बुण्डेस लिगा : बायर लिभरकुजेन, आइन्ट्राच्ट फ्र्यान्कफर्ट र हिडेनहाइम विजयी
सोमबार, ०४ चैत २०८१, ०५ : ५८

काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर लिभरकुजेन, आइन्ट्राच्ट फ्र्यान्कफर्ट र हिडेनहाइम विजयी भएका छन् । आइतबार राती भएका खेलमा यी तीन टोलीले संघर्षपूर्ण जित निकालेका हुन् ।
अंक तालिकाको दोस्रो स्थान कब्जा गरिरहेको बायर लिभरकुजेनले भीएफबी स्टुटगार्टलाई ४-३ को संघर्षपूर्ण नतिजामा हरायो । योसँगै बायरको २६ खेलबाट ५६ अंक भएको छ । शीर्ष स्थानको बायर्न म्युखिको ६२ अंक छ ।
आइन्ट्राच्ट फ्र्यान्कफर्टले भीएफएल बोचुमलाई ३-१ ले हराउँदा हिडेनहाइमले होल्स्टीन कीललाई ३-१ ले नै स्तब्ध तुल्यायो । यो सँगै बुण्डेस लिगामा २६ औं चरणका खेल पूरा भएका छन् ।