‘ट्रम्प विरोधी’ भन्दै ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर
सोमबार, ०४ चैत २०८१, ०५ : ४९

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदान प्राप्त समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। उक्त समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ’अतिवादी’ भएको आरोप लगाइएको छ।
ह्वाइट हाउसको एक विज्ञप्तिमा भनिएको छ, ‘यो आदेशले करदाताहरू अब कट्टरपन्थी प्रचारलाई आर्थिक सहयोग गर्न जिम्मेवार छैनन् भन्ने कुरा सुनिश्चित गर्नेछ।" उक्त विज्ञप्तिमा ‘वामपन्थी’, ‘कट्टरपन्थी’ राजनीतिज्ञहरू र दक्षिणपन्थी मिडियाले भ्वाइस अफ अमेरिकाविरुद्ध बोलेको उदाहरणहरू समावेश छन्।
'भ्वाइस अफ अमेरिका' अझै पनि मुख्यतया रेडियो सेवा हो, यो दोस्रो विश्वयुद्धको समयमा नाजी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो।
भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले उनी र उनका लगभग सबै १,३०० कर्मचारीहरूलाई तलबी बिदामा राखिएको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे