बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

स्पेनिस ला लिगा : बार्सिलोना र रियाल मड्रिडबीच नाटकीय अग्रताको शिलशिला जारी

सोमबार, ०४ चैत २०८१, ०४ : ३८
सोमबार, ०४ चैत २०८१

काठमाडौं । सिजनको उत्तरार्धतिर आइपुग्दा स्पेनिस ला लिगा रोचक बनेको छ । खेलैपिच्छे शीर्ष टोलीहरुको स्थान र अवस्थामा उतारचढाव जारी छ । विशेषतः मुख्य प्रतिस्पर्धी बार्सिलोना र रियाल मड्रिडबीच नाटकीय अग्रताको शिलशिला जारी छ । 

कुनै बेला त २४ घण्टा नपुग्दै स्थान परिवर्तन भएको स्थिति छ । शनिबार राती स्पस्ट तीन अंक जोडेर रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएकामा आइतबार राती भएको खेलमा स्पष्ट जित हासिल गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लियो । 

अंक बराबरी भए पनि बार्सा गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको हो । यी दुईबीच यस्तो कयौँ पटक भएको छ । आइतबार राती एटलेटिको मड्रिडको घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरन टोरेसले दोहोरो गोल गर्दा रोवर्ट लेवान्डोस्की र लामिने यामलले एक–एक गोल गरे ।

घरेलु टोली एटलेटिको मड्रिडका जुलियन अल्भारेज र अलेक्जेण्डर सोरलोथले एक–एक गोल फर्काए ।  योसँगै २७ खेलबाट बार्सिलोनाको ६० अंक भएको छ भने एक खेल बढी खेलेको रियाल मड्रिडको पनि समान ६० अंक छ । २८ खेलबाट एटलेटिको मड्रिडको भने ५६ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप