प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
सोमबार, ०४ चैत २०८१, ०१ : २१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई हराएको छ । आइतबार राती भएको खेलमा आर्सनलले चेल्सीलाई १-० ले हराएको हो ।
घरेलु मैदानमा आर्सनललाई जिताउन मिकेल मेरिनोले निर्णायक गोल गरे । यो जितपछि आर्सनलको २९ खेलबाट ५८ अंक भएको छ । उ दोस्रो स्थानमा छ भने शीर्ष स्थानको लिभरपुलको ७० अंक छ । चौथो स्थानमा रहेको चेल्सीको भने ४९ अंक छ ।
यस्तै, लिगको अर्को खेलमा फुलहमले टोटनह्याम हट्स्परलाई २-० ले हरायो । होम टाउनमा फुलहमलाई जिताउन रोड्रिगो मुनिज र रयान ससेग्ननले एक–एक गोल गरे । यो जितपछि फुलहम अंक तालिकाको आठौं स्थानमा पुगेको छ भने टोटनह्याम १४ औं नम्बरमा छ ।