सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
आइतबार, ०३ चैत २०८१, २३ : २६

वीरगञ्ज । प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेको छ ।
सिमरा उपमहानगरपालिका-७ का वडध्यक्ष गुप्ताले गाउँमा उपद्रव गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका शुक्रबार राति वडाध्यक्ष गुप्ता आफ्ना समर्थकसहित स्थानीय परशुराम गिरीको घरमा पुगी ढुंगामुढा गर्न पुगेका थिए ।
उनकै नेतृत्वमा गएको समूहले गिरी र उनको परिवारका सदस्यलाई निर्घात कुटपिट पनि गरेको थियो । जसको प्रतिकारमा गिरीले बन्दुक निकालेर एक राउन्ड हवाई फायर गरेका थिए ।
त्यसपछि अध्यक्ष गुप्ता र समर्थकहरूको भागाभाग भएको थियो । यही घटना गराएको आरोपमा प्रहरीले गुप्तालाई उपद्रो नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला फैलिएपछि...
-
कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
-
सञ्चारिका समूहद्वारा रातोपाटीकर्मी सरिता थारु सहित ६ जना महिला पत्रकार सम्मानित
-
महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
-
तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप