‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र

काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन नेपाल (हान)लाई ध्यानाकर्षणपत्र बुझाएका छन् । आज हानका प्रमुख कार्यकारी अधिकृत (सीइओ) टेकेन्द्रबहादुर महतलाई ध्यानाकर्षणपत्र बुझाउँदै आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा माजदुर सङ्घका अध्यक्ष कुमार पन्त, नेपाली कांग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलिले बुझाएको ध्यानाकर्षणपत्रमा गत वैशाखमा बुझाएका छ शुत्रीय माग सम्बोधन नहुनु दुःखद् उल्लेख छ ।
‘मजदुर सङ्गठनले १७ वर्षदेखि खाइपाई आएको सेवा शुल्क अदालतको फैसलाबाट गुमेको, नियमित काममा नियमित श्रमिक राख्नुपर्ने विषयमा निरन्तर छलफल गर्दै आएका छौँ । नेपाल सरकार, हानलगायत सरोकार भएकालाई ज्ञापनपत्र तथा मागपत्र राखी सेवाशुल्क पुनःप्राप्ति र अन्य श्रमिक पक्षीय कानुनी व्यवस्था गर्न आह्वान गर्दछौँ’, सो पत्रमा भनिएको छ ।
हानका कार्यकारी अधिकृत महतले आफू मजदुरको विषयमा गम्भीर रहेको र ध्यानाकर्षणपत्रलाई हानको कार्यसमितिमा पेस गर्ने बताए ।
सङ्गठनले चैत ४ गतेदेखि देशैभर मजदुर जागरण अभियान सञ्चालन गर्ने, प्रधानमन्त्री, अर्थमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सबै राजनीतिक दलका संसदीय दलका कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि सरोकार भएका पक्षसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
यसैगरी, चैत २५ गते टे«ड युनियन महासङ्घको उपस्थितिमा काठमाडौँमा विशाल मजदुरसभा गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । त्यसपछि पनि आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलनसहित अर्को चरणको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बुमा हावाहुरीको वितण्डा, दुई महिनामा २६ घटना
-
प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेडलाई झिनो सफलता
-
कति छ अमेरिकी डलरको भाउ ?, के छ दिराम, दिनार, रियालको अवस्था ?
-
स्पेनिस ला लिगा : बार्सिलोना र रियाल मड्रिडबीच नाटकीय अग्रताको शिलशिला जारी
-
नमूना विद्यालयमा करोडौं लगानी, गुणस्तर खस्कँदो
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी