त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएको छ। चैत ५ गतेका लागि तय भएको मितिमा तालाबन्दीका कारण सम्भव नभएपछि ८ गतेका लागि मिति तोकिएको हो।
नेविसंघको उम्मेदवारबिच आधिकारिकता विवादका कारण एउटा समूहले तालाबन्दी गरेको थियो । जसका कारण निर्वाचनका बाँकी प्रक्रिया अगाडि बढ्न सकेका थिएन। निर्वाचन समितिले दीपकराज जोशीको उम्मेदवारी सदर गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढेको हो।
त्रिवि शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन जुन प्रक्रियामा रोकिएको सोही अवस्था र प्रक्रियाबाट तत्काल अगाडि बढाउन निर्देशन दिएको थियो । तालाबन्दीका कारण मनोनयन दर्तापछि अन्तिम नामावली प्रकाशन गर्ने लगायतका कार्यहरू रोकिएको थियो।
निर्वाचन समितिले अवरुद्ध भएको तीन दिन थप गरी चैत ८ गतेका लागि निर्वाचनको मिति तय गरेको हो । नेविसंघको नाममा दुई वटा समूहहरूबाट उम्मेदवारी परेको थियो । त्यसमा निर्वाचन समितिले चैत १ गते आधिकारिकताका सम्बन्धमा निश्चित गर्न नेविसंघ केन्द्रीय अध्यक्षलाई पत्र पठाएको थियो ।
चैत ३ गते नेविसंघबाट आएको पत्रको आधारमा निर्वाचन समितिले जोशी अध्यक्षको उमेद्वार भएको प्यानल आधिकारिक रहेको निर्णय गरिएको निर्वाचन अधिकृत प्रा।डा। कृष्णप्रसाद न्यौपानेले जारी गरेको सूचनामा उल्लेख छ।
नयाँ कार्यतालिका अनुसार उम्मेदवारको नाम फिर्ता लिने मिति चैत ४ गतेका लागि तोकिएको छ। त्यस्तै चैत ४ गते नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। भने चैत ८ गते बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म मतदानको समय तोकिएको छ।
निर्वाचन समितिले प्रत्यक्षतर्फ ८४ जनाको उम्मेदवारी सदर गरेको छ। भने समानुपातिक तर्फ १० वटा विद्यार्थी सङ्गठनको उम्मेदवारी सदर गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र