नालामा एक युवक मृत फेला
आइतबार, ०३ चैत २०८१, २० : ३५

धनगढी । कैलालीमा नालामा एक युवक मृत फेला परेका छन् । आइतबार बिहान ९ बजे लम्कीचुहा नगरपालिका–१० चिनी मिल नजिकै रहेको खोलामा अन्दाजी २९ वर्षका युवक मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार लम्कीचुहा नगरपालिका –१० का २९ वर्षका अजय स्वर्णकार मृत फेला परेका हुन्।
उनी फागुन २८ गतेबाट घरबाट हराएका थिए। परिवारले उनको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय लम्कीमा खोजी कार्यका लागि हुलिया परिपत्र दिएका थिए। उनको खोजी कार्य गर्दै गर्दा आइतबार बिहान उनको शव फेला परेको हो।
उनको शव पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.मिश्रालाई सचिव बढुवा नगरिएको भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी
-
संसद्मा उठ्यो बाजुरामा जिउँदै गाई बगाएको घटना
-
नागरिक लगानी कोषको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
-
प्रतिनिधिसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
-
ज्ञानेन्द्र शाहीको मानहानीसम्बन्धी धारणा रेकर्डबाट हटाइनुपर्छ : सांसद सिंह
-
त्रिचन्द्र क्याम्पसमा चुनाव लड्दै अनुप