मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टद्वारा आयोजित प्रतियोगिताको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गरे । ऐतिहासिक जुट मिल खेलमैदानमा आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा क्लबको सहभागिता रहेको ट्रष्टका अध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए ।
प्रतियोगितामा प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरी, फ्युजन फुटबल क्लब गाईघाट उदयपुर, वाइएससी खोख झिल कटिहार विहार भारत, टिएमसी तालतैलैया इटहरी सुनसरी, पेमा स्पोटिङ क्लब विराटनगर, प्रदेश नं १ प्रहरी कार्यालय रानी विराटनगर, लालीगुँरास स्पोटिङ क्लब रानी मिल्स विराटनगर र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् ।
प्रतियोगिताका विजेताले रु एक लाख एक हजार, उपविजेताले रु ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने र व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले जितेको थियो ।
आजको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब उदयपुर गाईघाटले प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरीलाई १–० पराजित गरेको छ । सोमबारको खेल पेमा स्पोटिङ क्लब विराटनगर र १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी चैत १० गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा