नेपाल प्रहरीका ५३ जना प्राविधिक वरिष्ठ सईहरूको बढुवा तथा पदस्थापना

काठमाडौँ । नेपाल प्रहरीका विभिन्न समूह उपसमूहतर्फका ५३ जना प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) हरूको बढुवा तथा पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षकको आइतबार गरिएको निर्णयअनुसार प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उप-समूहतर्फको प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको हो ।
निर्णयअनुसार दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुनसमेत सम्बन्धित कार्यालयहरूलाई अनुरोध गरिएको छ । जसअनुसार इन्जिनियरिङ, स्वास्थ्य, संगीत, केनाइनलगायत समूह तथा उपसमूहका रहेका छन्।
यसअघि गत बुधबार पनि विभिन्न समूह उपसमूहका प्राविधिकतर्फका ३५ जना वरिष्ठ सईको बढुवा र पदस्थापना गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमारको फिल्ममा एन्टी–हिरोको भूमिका खेल्दैछन् शाहरुख
-
४९ करोड राजस्व नतिरेपछि माछापुच्छ्रेका क्रसरलाई उत्खनन् नगर्न पालिकाको उर्दी
-
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : राणा
-
डा.मिश्रालाई सचिव बढुवा नगरिएको भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी
-
संसद्मा उठ्यो बाजुरामा जिउँदै गाई बगाएको घटना
-
नागरिक लगानी कोषको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल