व्यापार नीतिको तेस्रो समीक्षासम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको व्यापार नीतिको तेस्रो समीक्षा सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उक्त नीतिको तेस्रो समीक्षाको पूर्वतयारीस्वरूप विश्व व्यापार संगठनबाट माग भई आएको विवरण तथा तथ्यांक तयार गर्न र नेपालको राष्ट्रिय प्रतिवेदनको प्रारम्भिक खाका तयार गर्न गोष्ठी आयोजना गरिएको थियो ।
मन्त्रालयले फागुन २५ र २६ गते सरोकारवाला, मन्त्रालय, विभाग गरी २५, निकायको सक्रिय सहभागितामा व्यापार नीति समीक्षासम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सन् २०१८ देखि हालसम्म समग्र व्यापार नीतिसँग सम्बन्धित नीतिगत, कानुनी, प्रक्रियागत एवम् संरचनागत सुधार एवम् परिवर्तनहरूको अध्ययन विश्लेषण गरी आवश्यक जानकारी, सूचना, तथ्यांक तथा सरकारको प्रतिवेदनको प्रारम्भिक रुपरेखा तयार गरिएको छ ।
व्यापार नीति समीक्षा विश्व व्यापार संगठनबाट सदस्य राष्ट्रहरूको व्यापारसँग सम्बन्धित समग्र नीति, कानुन, प्रक्रियागत व्यवस्था तथा संस्थागत संरचनाको विश्लेषण गरी आवधिक रुपमा समीक्षा गरिने प्रावधान हो ।
यस क्रममा सदस्य राष्ट्रको तर्फबाट राष्ट्रिय प्रतिवेदन र विश्व व्यापार संगठनको सचिवालयबाट सचिवालयको प्रतिवेदन तयार भई विश्व व्यापार संगठनको सम्पूर्ण सदस्यको प्रतिनिधित्व हुने व्यापार नीति समीक्षा निकायमा छलफल हुने गर्दछ ।
नेपालको व्यापार नीतिको पहिलो र दोस्रो समीक्षा क्रमशः सन् २०१२ र सन् २०१८ मा सम्पन्न भएको थियो । नेपालको व्यापार नीतिको तेस्रो समीक्षा सन् २०२५ नोभेम्बर १७ र १९ मा विश्व व्यापार संगठनको सचिवालयमा हुने तय भएको छ ।
उक्त समीक्षा नेपालले अंगिकार गरेको व्यापार नीति र कानुनी तथा संस्थागत व्यवस्थाको सम्बन्धमा विश्व व्यापार संगठनको सदस्यहरूलाई पारदर्शी रूपमा जानकारी गराई प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक व्यापारको क्षेत्रमा भएका नीतिगत र कानुनी व्यवस्थाको प्रचार गर्ने एक महत्वपूर्ण अवसर हुने बताइएको छ ।
नेपालको व्यापार नीति समीक्षा प्रत्येक सात वर्षमा हुने हुँदा सन् २०२५ पछि अर्को सात वर्षसम्म उक्त समीक्षा प्रतिवेदनले नेपालको व्यापार नीतिको समग्र पक्षको प्रतिनिधित्व गर्छ । यस कार्यशालाबाट तयार गरिएको विवरणले नेपालको व्यापार नीतिको तेस्रो समीक्षाको तयारीको लागि महत्वपूर्ण योगदान पुग्ने यस अपेक्षा रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति छ अमेरिकी डलरको भाउ ?, के छ दिराम, दिनार, रियालको अवस्था ?
-
स्पेनिस ला लिगा : बार्सिलोना र रियाल मड्रिडबीच नाटकीय अग्रताको शिलशिला जारी
-
नमूना विद्यालयमा करोडौं लगानी, गुणस्तर खस्कँदो
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता