सिद्धार्थ बैंकको टपअप र फोनपे डाइरेक्ट अभियान
आइतबार, ०३ चैत २०८१, १८ : ५१

काठमाडौँ । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे सँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ गरौँ, बम्पर उपहार जितौँ !’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत बम्पर उपहार आईफोन १६ रहेको छ ।
अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु १०० को मोबाइल टपअप र रु ५०० को फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् ।
यस अभियान अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु। १०० को मोबाइल टपअप जित्न सक्नुहुनेछ । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आईफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर