बीआरआई नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण छैन : खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण नरहेको बताएका छन् ।
बीआरआई बिषयक काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाको सम्बन्धमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजमले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देशको परिस्थीति अनुरुप बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन गर्नुपर्ने समेत बताए ।
उनले विश्वका १५० भन्दा बढी देशमा बीआरआई परियोजना लागू भइसकेको र त्यसबाट यो लाभकारी हो भन्ने पुष्टि भएको धारणा राखे । बीआरआईका सन्दर्भमा देखिका चर्चाका बिषयमा काष्ठमण्डप डायलगमार्फत बौद्धिक वर्गसँग छलफल गरिएको उनले बताए ।
उनले काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाबाट बिभिन्न सवादमा अध्ययन र अनुसन्धानको प्रक्रियालाई जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए । उनले बीआरआई परियोजना २१ औँ शताव्दीको ठूलो परियोजना भएकाले नेपालले फाइदा लिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्ष रहेको उल्लेख गरे ।
बीआरआईका बिषयमा राजनीतिक दलहरुबिच बृहत राष्ट्रिय कायम गर्नुपर्नेमा सम्मेलनले जोड दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४९ करोड राजस्व नतिरेपछि माछापुच्छ्रेका क्रसरलाई उत्खनन् नगर्न पालिकाको उर्दी
-
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : राणा
-
डा.मिश्रालाई सचिव बढुवा नगरिएको भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी
-
संसद्मा उठ्यो बाजुरामा जिउँदै गाई बगाएको घटना
-
नागरिक लगानी कोषको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
-
प्रतिनिधिसभा बैठक सुरु, यस्ता छन् कार्यसूची