आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफतको प्रक्रिया अघि बढाउने निर्णय

आइतबार, ०३ चैत २०८१, १८ : ३०
आइतबार, ०३ चैत २०८१

काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएका छन् । सर्वोच्च अदालतबाट ‘जफत हुने’ फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउनेबारे गृहमन्त्री लेखकले निर्णय गरेर कार्यान्वयन प्रक्रिया अघि बढाएका हुन् । जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएका थिए । 

कसुरजन्य सम्पत्ति सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सम्वन्धित मालपोत कार्यालयमा पठाई दाखिल खारेज गराएर सरकारको नाममा ल्याउने प्रक्रिाय सुरु गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया अघि बढेको छ । यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?