आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

आइतबार, ०३ चैत २०८१, १८ : २१
आइतबार, ०३ चैत २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तोडफोड तथा धम्की दिने गरेकोप्रति शिक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । त्यस्तै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीहरूलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचार समेत ध्यानाकर्षण भएको जनाएको छ ।

स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण जुनसुकै निर्वाचनका अनिवार्य सर्त हुन् । यिनै सर्तहरूलाई पूर्ण पालना गर्दै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन सम्बन्धी निर्देशिका, २०८१ जारी गरी निर्वाचन आचारसंहिताको व्यवस्था गरेको छ । निर्धारित निर्वाचन आचार संहिता तथा निर्देशनको पालना गर्नु विद्यार्थी सङ्गठनहरू, मतदाता तथा विश्वविद्यालय एवम् क्याम्पस प्रशासन सबैको कर्तव्य र दायित्व हुन आउने विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालय सम्बद्ध सबै सरोकारवालाहरू समक्ष तोकिएको मितिमा निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण तवरबाट स्ववियु निर्वाचन गराउन निर्धारित निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचनका अनिवार्य सर्तहरूको पालना गर्न सरोकारवालाहरू सबैमा अनुरोध गरे । निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानुन बमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको जनाए । त्यस्ता आचारसंहिता विपरीत हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु समेत समेत गृह मन्त्रालय र मातहतका निकायलाई अनुरोध गरे । 

4c49e0d4-8d1e-4b8e-b5a9-b2a4ad2dbf50

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?