आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

सशस्त्रको मुख्यालयमा नेपाल प्रहरीका आईजीपीको बिदाइ

आइतबार, ०३ चैत २०८१, १८ : १४
आइतबार, ०३ चैत २०८१

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी बलले बिदाइ गरेको छ । हल्चोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइतबार बिदाइ गरेका हुन् । कुँवरलाई हलचोकमा सलामी प्रदान गरिएको थियो । 

आईजीपी कुँवर सोमबारबाट सेवा निवृत्त हुँदै छन् । २०७९ चैत १० मा आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष ८९ हजार फौजको कमाण्ड गरे ।

कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ मा मध्यराति १२ बजेबाट अवकाश हुन लागेका हुन् ।

टेक प्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?