प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपाका नेता निराजन बमलाई छुटाउन माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका छन् ।
कसैले आलोचना गर्दैमा पक्राउ गर्नु ठिक नभएको निष्कर्षका साथ माओवादीका नेताहरू उनलाई रिहा गरिदिन आग्रहसहित प्रहरी कार्यालय पुगेका हुन् ।
माओवादीका मकवानपुर जिल्लाका इन्चार्ज विजय गौतमसहित नेताहरू बमलाई छोडिदिन आग्रहसहित जिल्ला प्रहरी कार्यालय पुगेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले रातोपाटीलाई बताए । यस्तै प्रचण्डले सामाजिक सञ्जाल फेसबुकबाट लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै सोही आधारमा पक्राउ गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।
तर, पनि बम यो समाचार तयार पार्दासम्म रिहा भएका छैनन् ।
शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा बमले गणतन्त्रको विरोध गर्दै प्रचण्डको फोटो जलाएका थिए । फोटो जलाएको आरोपमा प्रहरीले उनलाई आइतबार मकवानपुरबाटै पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर