आफ्नो फोटो जलाउनेप्रति प्रचण्डको प्रतिक्रिया– लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ पर्नु उचित होइन
आइतबार, ०३ चैत २०८१, १७ : ३६

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार मकवानपुरमा आफ्नो फोटो जलाउने राप्रपाका नेता नीराजन बमलाई पक्राउ गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन् ।
फोटो जलाएको आरोपमा प्रहरीले आइतबार बमलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । सोही विषयमा आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै पक्राउ गर्नु उचित नभएको प्रतिक्रिया दिएका हुन् ।
‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’, उनले लेखेका छन् ।
शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्ड र गणतन्त्रको विरोध गर्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित
-
९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ व्यापारिक कम्पनीले पाए अनुमति
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक
-
सिङ्गो दलित परिवार नै नागरिकताविहीन
-
ब्रेक फेल हुँदा इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना
-
बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ