बालसुधार गृहमा झडप प्रकरणः आयोगले सुरु गर्यो अनुगमन
आइतबार, ०३ चैत २०८१, १७ : ३४

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको डुडुवा गाउँपालिका – ६, स्थित जयेन्दु बालसुधार गृहमा भएको झडपका विषयमा अनुगमन थालेको छ ।
उक्त बाल सुधार गृहमा बालबन्दीहरू बीच चैत १ गते रातिदेखि २ गते साँझसम्म झडप भएको थियो । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा छानबिन गर्न र अनुगमन टोली खटाइएको जनाएको छ ।
प्रारम्भिक अनुगमनबाट झडपको कारण सुधार गृहमा राखिएका ६ जना बालकहरू घाइते भएका, सुधार गृहमा आगो लगाइएको र नियन्त्रणका लागि खटिएका प्रहरीमाथि इँटा प्रहार भएको लगायतका तथ्य प्राप्त भएको आयोगको भनाइ छ ।
अनुगमनको क्रममा आयोगको टोलीले झडपमा संलग्न भनी पक्राउ परेका व्यक्तिहरूलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ व्यापारिक कम्पनीले पाए अनुमति
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक
-
सिङ्गो दलित परिवार नै नागरिकताविहीन
-
ब्रेक फेल हुँदा इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना
-
बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ
-
बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर