आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी विधेयक बहुमतले स्वीकृत
आइतबार, ०३ चैत २०८१, १७ : २१

काठमाडौँ । ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधेयक सैद्धान्तिक छलफलपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । विधेयकमा सत्ता पक्षका सांसदले पक्षमा र विपक्षी सांसदले विपक्षमा धारणा राखेका थिए ।
११ ऐन समेट्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि दफावार छलफलका लागि बाटो खुलेको छ । स्वीकृत भएसँगै संशोधन प्रस्तावसमेत आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर
-
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने