ओलम्पिक कमिटीमा विवाद
ओलम्पिक कमिटीको कार्यालयमा सरकारले लगायो ताला
आइतबार, ०३ चैत २०८१, १६ : ४१

काठमाडौँ । अदालतको आदेश विपरीत निर्वाचन सम्पन्न गरेको आरोपमा सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यालयमा तालाबन्दी गरेको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आइतबार ललितपुरको सातदोबाटोस्थित एनओसीको कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिए ।
‘अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरीत गरिएको एनओसीको निर्वाचनलाई हामीले मान्यता दिएका छैनौँ । त्यसैले ओलम्पिक कमिटीको कार्यालयमा तालाबन्दी गरेका हौँ,’ मन्त्री चौधरीले भने ।