आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

पाकिस्तान : बम विस्फोट हुँदा कम्तिमा पाँच सुरक्षाकर्मीको मृत्यु, ३२ जना घाइते

आइतबार, ०३ चैत २०८१, १६ : ०५
आइतबार, ०३ चैत २०८१

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको नोश्की जिल्लामा बम विस्फोट हुँदा कम्तिमा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

संघीय गृहमन्त्री मोहसिन नक्वी र बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले घटनाको निन्दा गरेका छन्। यद्यपि, उनले यस घटनामा कति जना मारिए र को को मारिए भन्ने बारेमा केही बताएनन्। नोश्की प्रहरी प्रमुख हाशिम मोहम्मदले पनि विस्फोटको पुष्टि गरे तर थप विवरण भने दिएनन्।

नोश्कीका एक वरिष्ठ सरकारी अधिकारीले विस्फोट नोश्की शहर नजिकै क्वेटा र तफ्तान बिचको आरसीडी राजमार्गमा भएको बताए। उनका अनुसार सुरक्षा बलको एउटा कारकेड क्वेटाबाट नोकुन्डी जाँदै थियो, जसमा सात बस र दुई कार थिए।

कारकेड आरसीडी राजमार्गमा रहेको पीठो मिल नजिक पुग्दा बस नजिकै विस्फोट भएको थियो । नोश्कीका स्थानीयले विस्फोट शक्तिशाली भएको र यसको आवाज टाढा-टाढासम्म सुनिएको बताएका छन् । 

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।  गृहमन्त्री मोहसिन नकवीले भने, ‘देशका शत्रुहरूले पाकिस्तानमा अस्थिरता सिर्जना गर्न घृणित षड्यन्त्र रचिरहेका छन्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?