‘निजीकरण (पहिलो संशोधन) विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधेयकमा सैद्धान्तिक छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तुत हुँदा बहुमत सांसदहरू स्वीकृतिको पक्षमा देखिएका थिए ।
विधेयकमा बोल्ने प्रतिपक्षी सांसदहरू निजीकरणको विपक्षमा धारणा राखेका थिए । सत्तापक्षका सांसदहरू विधेयकको पक्षमा देखिएका थिए ।
‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ गत माघमा ल्याएको थियो । त्यही अध्यादेशलाई सरकारले १८ माघमा प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
त्यही अध्यादेशलाई सरकारले प्रतिस्थापन विधेयकका रूपमा ल्याइएको हो ।
स्वीकृत भएसँगै विधेयकमा दफावार छलफलका लागि बाटो खुलेको छ । विधेयक स्वीकृत भएसँगै संशोधन प्रस्तावका लागि समय खुला गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबिच सम्झौता
-
विष्णुमती नदी सफाइका क्रममा मूर्ति भेटियो
-
स्थगित अभियान सुरु गर्नेबारे माओवादी अलमलमा
-
सिद्धार्थ बैंकको टपअप र फोनपे डाइरेक्ट अभियान
-
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
-
बीआरआई नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण छैन : खनाल