त्रिशूली अल्ट्रा रेस चैत २३ मा हुने

काठमाडौँ । नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा त्रिशूली अल्ट्रा रेस आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको हो ।
आइतबार नुवाकोटको विदुर नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी ३ सय खेलाडीको सहभागिता रहने जानकारी दिए । महिला/पुरुष गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छैटौँदेखि दसौँसम्म हुनेले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नुवाकोटको बेलकोटगढीस्थित निरन्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिढीबाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरबार, दारीगौडा, फलाटे, डाँडागाउँ, गेर्खु शान्ती कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर सिढी, चारघरे, रनभुवेश्वरी स्कुल, देबीघाट पुल हुँदै पवित्र तीर्थ स्थल, देबीघाट बजारमा पुगेर समाप्त हुने बताइएको छ ।
इच्छुक खेलाडीले नेपाल एडभेन्चर रनिङ महासंघ सातदोबाटो, नुवाकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युवा क्लब, होटल जनक त्रिपुरेश्वर र अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् । प्रतियोगिता आयोजनाका लागि ३२ लाख ५१ हजार रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेश तथा निजी क्षेत्रको सहयोगमा लागत खर्च जुटाउने महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.मिश्रालाई सचिव बढुवा नगरिएको भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी
-
संसद्मा उठ्यो बाजुरामा जिउँदै गाई बगाएको घटना
-
नागरिक लगानी कोषको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
-
प्रतिनिधिसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
-
ज्ञानेन्द्र शाहीको मानहानीसम्बन्धी धारणा रेकर्डबाट हटाइनुपर्छ : सांसद सिंह
-
त्रिचन्द्र क्याम्पसमा चुनाव लड्दै अनुप